पाठेघरमा पलाएको सानो मासुको डल्लो निकाल्न भरतपुर अस्पतालमा पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको छ । घर बाट हास्दै अस्पताल पुगेकी सम्झनाले आफ्ना २ सन्तान लाई अल्पायु मै टुहुरो बनाउनु पर्यो ।
भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने डाक्टरले बताएका थिए ।
उनलाई ढाड भन्दा तल को भाग लठ्याउने औषधि लगाएलगत्तै काफ्लेको मुटुमा समस्या आएको थियो ।एनेस्थेसिया दिएलगत्तै एक्कासी उनलाई हर्टअट्याक्ट जस्तो भएको डाक्टर ले बताएका छन् । अप्रेशन सुरु गर्नै नपाउदै उनलाई तत्कालै आइसियूमा सारिए पनि बचौं भने डाक्टर सफल भएनन् ।
आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखेर छानबिन समिति गठन गरिएको छ ।मृतक सम्झनाका एक छोरी र एक छोरा छन् ।
गैँडाकोट नगरपालिका वडा नं. ५ ओमशान्तिचोक घर भएकी ३९ बर्षिया सम्झना काफ्लेको मृत्यु प्रकरणलाई लिएर अखिल चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आजसाँझ एक विज्ञेप्ति जारी गर्दै अनेरास्ववियुले घटनाको निश्पक्ष छानविनको माग गरेको छ ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्धारा जारी विज्ञेप्तिमा विरामीको विगतको स्वास्थ्य अवस्थाबारे जानकारीनै नलिई शल्यक्रिया तयारीको लागि दिइने औषधिले विरामीलाई थप पिडा दिइ मृत्यु भएको घटनाले अस्पतालकै सेवामा शंका उत्पन्न भएको उल्लेख छ ।
अनेरास्ववियुको शान्तिपुर्ण अनुरोधलाई बेवास्ता गरि पिडितलाई न्यायबाट बञ्चित गरिएमा जस्तोसुकै आन्दोलनको आँधीवेहरी आउन सक्ने र त्यसको सम्पूर्ण जिम्मेबार अस्पताल प्रशासन हुने चेतावनी दिइएको छ ।
https://www.facebook.com/reel/812351127721240