काठमाडौँ । काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै रहेको विष्णुमती करिडोरमा एक टाटा इभी (EV) ट्याक्सी दुर्घटना भएको छ।

बागमती प्रदेश ०१००२ ज ८०८२ नम्बरको उक्त विद्युतीय ट्याक्सी आज बिहान अचानक स्वचालित रूपमा आफैं गुडेर सडक किनारको संरचनामा ठोकिएको प्रहरीले जनाएको छ।

दुर्घटना हुने समयमा

गाडीमा चालक थिएनन्,

ट्याक्सी स्ट्यान्डमा रोकिएको अवस्थामा रहेको थियो।

स्वचालित रूपमा गुडेर ठोकिँदा सामान्य प्रकारको भौतिक क्षति भएको छ भने मानविय क्षति भने छैन।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत कारण खोजी भइरहेको छ।
प्राथमिक अनुमान अनुसार ह्यान्ड ब्रेक ठीकसँग नलगाइएकाले वा EV का स्वचालित प्रणालीमा त्रुटि आएर घटना भएको हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय