काठमाडौं । सामाजिक अभियन्ता तथा हामी नेपाल का संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकार ढिलाइ गरे देशभर विरोध प्रदर्शनको चेतावनी दिएका छन्।
गुरुङले आइतबार फेसबुकमा स्टाटस लेख्दै भदौ २३ गतेको जेनेजी आन्दोलन विषयमा उठेको मुद्दामा सरकारले कदम नचाले जनता सडकमा उत्रिने दाबी गरे।
गुरुङको फेसबुक स्टाटसमा भनिएको छ—
“अब हामी गृहमन्त्रीमा हिम्मत छ कि छैन भनेर हेर्न पर्खिरहेका छौँ। जसरी उनले सधैं भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस्—अब समय आएको छ।
यदि यसपटक पनि आफ्नो बोली राखेनन् भने देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्रीले लिनुपर्नेछ ।”
भदौ २३ मा भएको जेनेजी आन्दोलनका क्रममा केही घटना विवादित बनेका थिए।
घटना छानबिनमा ढिलाइ भएको भन्दै विभिन्न समूहले सरकारको आलोचना गर्दै आएका छन्।
सुदन गुरुङ आफ्ना कडा अभिव्यक्तिहरू र नागरिक आन्दोलनमा सक्रिय भूमिकाका कारण चर्चित छन्।
गुरुङको चेतावनीपछि सामाजिक सञ्जालमा समर्थकहरू सक्रिय देखिएका छन्।
गृहमन्त्री लेखकले छानबिन अघि बढाउने आश्वासन दिँदै आएका छन् तर
गुरुङले “अब बोली पूरा गर्ने समय आएको” बताएका हुन्।







