ग्रिसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन्।
दुई जना भने जीवित भेटिएका छन्।
ग्रिसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा सहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो।
मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ।
प्रारम्भिक जानकारीअनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना नपाउँदा र चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ।
उद्धार भएका दुई व्यक्तिले अधिकारीहरूलाई बताएअनुसार, खराब मौसमका कारण उनीहरू घण्टौँसम्म सुरक्षित स्थान नपाई सङ्घर्ष गर्दै थिए।
ग्रिस तटरक्षकका अनुसार उनीहरू डुङ्गा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृतावस्थामा थिए। उक्त घटनाबारे ग्रिसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्। (रासस/सिन्ह्वा)






