प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेसले पनि सर्वोच्च अदालतमा पुनर्स्थापनाका लागि रिट दायर गरेको छ।
सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक भेटवार्तापछि कांग्रेसले एमालेकै लाइनमा उभिँदै सर्वोच्चमा जाने निर्णय गरेको हो।

तत्कालीन मुख्य सचिव श्याम घिमिरेका अनुसार कांग्रेसको तर्फबाट रिट दर्ता तथा सम्पूर्ण कानुनी तयारीको जिम्मा पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको छ।
खातीका अनुसार रिट दर्ताका लागि सोमवारमात्र समय दिएको छ।

कांग्रेसको तर्फबाट कुल ८ जना सांसद निवेदक बनेका छन्।
त्यसमध्ये —

विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश घिमिरे,

सचेतक सुशीला थिङ
मुख्य निवेदकको भूमिकामा छन्।

प्रतिनिधि सभा विघटनलाई कांग्रेसले निरन्तर असंवैधानिक र शक्ति दुरुपयोगको रूपमा व्याख्या गर्दै आएको थियो।

तर देउवा–ओली भेटपछि कांग्रेसले औपचारिक रिट दायर गर्दै एमालेसँगै समान लाइन लिनुले राजनीतिक तरलता अझ बढाएको देखिएको छ।

दुवै ठूला दलले पुनर्स्थापना मागेपछि सर्वोच्च अदालतको निर्णय आगामी शक्तिसन्तुलनका लागि निर्णायक बन्ने विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय