नायिका पूजा शर्माले हिजो आफ्ना प्रेमी युद्ध बानियासँग भक्तपुरको साँगास्थित होटल फर्च्युनमा भव्य तरिकाले लगनगाँठो कसेकी छन्। कार्यक्रममा चलचित्र क्षेत्रका नाम चलेका लगभग सबै कलाकार र निर्माताको बाक्लो उपस्थिती थियो।
को–को पुगे ?
‘महानायक’ राजेश हमाल
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी
अभिनेत्री रेखा थापा, केकी अधिकारी
परिवार, आफन्त, साथी–संगी
धेरै सञ्चारकर्मी र युट्युबरहरू
समारोह निकै भव्य थियो।
तर पूजा निकट मानिएका केही अनुहार भने विवाहमा देखिएनन्
निर्देशक सोभित बस्नेत – उपस्थित भएनन्
पूजासँगको निकटताका कारण, उनको अनुपस्थिति “अप्रत्याशित” मानियो।
नायक आकाश श्रेष्ठ – बोलाइएकै थिएनन्
केही वर्षअघि निकै नजिक रहेका यी दुवै पछिल्लो समय टाढिएका छन्।
पूजाले निम्तो नै नगरेको बुझिएको छ।
नायक पल शाह – आएनन्
पूजा र पलको मित्रता र ‘रियल जोडी’ भनेर चर्चा भइरहँदा पनि पल विवाहमा देखिएनन्।
पल किन आएनन् ?
आफैंले बनाएको ‘हामी छौं’ फाउन्डेसनको उद्घाटन कार्यक्रम परेकाले नआएको बताए।
उनले सामाजिक सञ्जालमार्फत शुभकामना भने दिए।
पत्रकारले विवाहबारे सोध्दा उनले “पहिले थाहा पाएको थिइनँ, संयोगले म कार्यक्रममै परेँ” भने।
सुदर्शन थापा
पूजा निकट अर्का साथी सुदर्शन थापा देशबाहिर भएकाले उपस्थित हुन सकेनन्।
नायक प्रदीप खड्का र अनमोल केसी
दुवैको पनि उपस्थिति देखिएन।






