पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले ५५ जनालाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले दर्ता प्रक्रियामा रहेको मुद्दामा ८ अर्ब रुपैयाँ बिगो दाबी गरेको छ।
अख्तियारले विपक्षी बनाएका मन्त्रीहरू :
डा. रामशरण महत – पूर्व अर्थमन्त्री (नेपाली कांग्रेस)
पोष्टबहादुर बोगटी – पूर्व पर्यटनमन्त्री (माओवादी), हाल निधन
रामकुमार श्रेष्ठ – प्रचण्ड सिफारिसमा बनेका पूर्व पर्यटनमन्त्री
भीम आचार्य – पूर्वमन्त्री तथा एमाले उपाध्यक्षका दावेदार
दिपक अमात्य – झलनाथ खनालका स्वकीय सचिवबाट पर्यटनमन्त्री बनेका
त्यस्तै १० जना तत्कालीन सचिव एवं अन्य उच्च अधिकारीहरूलाई पनि मुद्दामा समावेश गरिएको छ।
पोष्टबहादुर बोगटी – निधन भइसकेकोले मृतककै नाममा मुद्दा दर्ता।
डा. रामशरण महत – अल्जाइमरका कारण सक्रिय राजनीतिबाट टाढा।
भीम आचार्य – एमालेको उपाध्यक्षका दावेदार, विघटित प्रतिनिधिसभामा सांसद।
रामकुमार श्रेष्ठ – खिलराज रेग्मी नेतृत्वको सरकारमा प्रचण्डको सिफारिसमा मन्त्री।
दिपक अमात्य – झलनाथ खनाल मन्त्रिपरिषद् अवधिमा पर्यटनमन्त्री।
अख्तियार अनुसार :
विमानस्थल निर्माणका क्रममा लागत फुलाइएको,
अनावश्यक भौतिक संरचना,
ठेक्का प्रक्रियामा मनपरी,
प्रावधिक मूल्यांकनका हिस्सा लुकाइएको,
चीनसँग भएको सम्झौतामा शंका उत्पन्न हुने बुँदाहरू जस्ता मुद्दा अनुसन्धानमा प्राप्त भएका छन्।
यसै आधारमा ८ अर्ब बिगो तोकिएको हो।
अख्तियारले सबै कागजात, ठेक्का प्रक्रिया, लागत विवरण र प्राविधिक रिपोर्टको विश्लेषण सकेपछि पूर्ण आरोपपत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
विवरण सार्वजनिक भएपछि थप नाम र ठोस तथ्य बाहिर आउने सम्भावना छ।






