मोरङको लेटाङ नगरपालिका–२, स्कूलचोककी १२ वर्षीया अंशु गौतमको हत्या आरोपमा उनका ५८ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेका छन्।

सीआईबी, कोशी प्रदेश प्रहरी र मोरङ प्रहरीले संयुक्त रूपमा गरेको लामो अनुगमनपछि अधिकारीलाई गत शुक्रबार नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरिएको हो।

२१ असोजदेखि बेपत्ता भएकी अंशुको खोजी विवरण परिवारले प्रहरीसमक्ष दिएको थियो।

त्यही दिनदेखि प्रहरीले व्यापक खोजतलास थाले पनि सुराग भेटिएको थिएन।

बेपत्ता भएको १७ दिनपछि, लेटाङ–२ को चिसाङ सामुदायिक वनभित्र अंशुको शव फेला परेको थियो।

शव विभत्स अवस्थामा, टुक्र्याइएका अङ्ग–अवयवसहित भेटिएकाले पहिचान गर्न कठिन थियो।

कपडा, हाफ–पाइन्ट, चप्पल र हातको घडीका आधारमा मात्र सनाखत सम्भव भयो।

प्रहरी अनुसन्धान अनुसार :

आरोपी पदमबहादुर अधिकारीले फकाईफुल्याएर जंगलभित्र लगे।

त्यहाँ हँसियाले घाँटी रेटेर हत्या गर्यो।

हत्या पछाडि शरीर टुक्र्याएर छुट्टाछुट्टै फालेको प्रहरीले बताएको छ।

घटनास्थल वरपर फेला परेका सामाग्री, शंकास्पद गतिविधि र फरेन्सिक सूचनाले अधिकारीमाथि आरोप ठोकिएको हो।

पक्राउ परेका अधिकारीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनालाई “योजनाबद्ध र अत्यन्त क्रुर” बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय