latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

पाठेघरमा पलाएको सानो मासुको डल्लो निकाल्न भरतपुर अस्पतालमा पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको छ । घर बाट हास्दै अस्पताल पुगेकी सम्झनाले आफ्ना २ सन्तान लाई अल्पायु मै टुहुरो बनाउनु पर्यो ।

भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने डाक्टरले बताएका थिए ।


उनलाई ढाड भन्दा तल को भाग लठ्याउने औषधि लगाएलगत्तै काफ्लेको मुटुमा समस्या आएको थियो ।एनेस्थेसिया दिएलगत्तै एक्कासी उनलाई हर्टअट्याक्ट जस्तो भएको डाक्टर ले बताएका छन् । अप्रेशन सुरु गर्नै नपाउदै उनलाई तत्कालै आइसियूमा सारिए पनि बचौं भने डाक्टर सफल भएनन् ।

आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखेर छानबिन समिति गठन गरिएको छ ।मृतक सम्झनाका एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय