रुकुमपश्चिम — नेकपा माओवादी केन्द्रका पूर्व उपमहासचिव तथा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संस्थापक जनार्दन शर्मा ‘प्रभाकर’ लाई आज गृहजिल्लामा कालो झण्डा देखाउँदै विरोध गरिएको छ।

आइतबार बिहान काठमाडौँबाट नेपाल एयरलाइन्सको विमानमार्फत रुकुमपश्चिमको मुसिकोट विमानस्थल ओर्लिएका उनलाई स्थानीय युवाहरू र माओवादी केन्द्रका (हाल पुनर्गठित नेपाली कम्युनिस्ट पार्टी) कार्यकर्ताहरूले विमानस्थल नजिकै कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्।

शर्माले माओवादी केन्द्रबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए।
पार्टी घोषणा गरेपछि पहिलो पटक गृहजिल्ला पुगेको बेला उनको राजनीतिक कदमप्रति असन्तुष्टि जनाउँदै स्थानीय युवाहरू विरोधमा उत्रिएका हुन्।

शर्मा विमानस्थलबाट बाहिरिने क्रममा कार्यकर्ताहरूको समूहले कालो झण्डा लहराउँदै नाराबाजी गर्ने प्रयास गरेपछि
स्थिति अप्रिय नबनोस् भनेर सुरक्षाकर्मीको तैनाथी विशेष रूपमा बढाइएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।

सुरक्षाकर्मीको उपस्थिति धेरै भएकाले भिड झडपमा भने परिवर्तित भएन।

शर्माले लामो समय माओवादी केन्द्रमा जिम्मेवारी सम्हालेका थिए।
तर पछिल्लो राजनीतिक द्वन्द्व र मतभेदपछि उनले पार्टी फुटाएर नयाँ राजनीतिक संगठन—प्रगतिशील लोकतान्त्रिक पार्टी—गठन गरेका हुन्।
यही कारण घर फर्किने क्रममा उनको विरोध देखिएको स्थानीय नेताहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय