धादिङ — धुनिवेशी नगरपालिका–६, चालिसे क्षेत्रमा एकै पटक ६ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार भइरहेको छ भने केही घाइतेलाई अस्पताल पठाइएको छ र थपलाई लैजाने काम भइरहेको छ।

प्राथमिक अनुसन्धानअनुसार एउटा डिब्बा गाडीको ब्रेक फेल भएपछि दुर्घटना श्रृंखला सुरु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

दुर्घटनामा ठोक्किएका सवारी साधनः

एउटा स्कुल बस

तीन वटा यात्रुवाहक बस

एक डिब्बा गाडी

एक ट्रक

एक मोटरसाइकल

स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी

उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ। घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आइसकेको छैन।

थप विवरण आउन बाँकी

प्रहरीले घटनाबारे थप तथ्यांक संकलन गरिरहेको र छिट्टै अद्यावधिक जानकारी सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय