लमही। दाङको लमही नगरपालिका–५ स्थित जुनतारा सुनचाँदी पसलमा दिनदहाडै अज्ञात समूहले गोली प्रहार गर्दै लुटपाटको प्रयास गरेको छ।
आज दिउँसो करिब १:३० बजेतिर भएको घटनामा पसल सञ्चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र बहादुर शाहका अनुसार गोली लागेर घाइते हुनेमा—
१८ वर्षीय दीपक सुनार,
प्युठान नगरपालिका–५ निवासी तथा पसलका सञ्चालक रहेका छन्।

उनीलाई घाँटीको दायाँ भागमा गोली लागेको र हाल लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको ढङ्ग हेर्दा लुटपाटको उद्देश्यले नै गोली चलाइएको आशंका गरिएको छ।
तर, पसलबाट कुनै सामग्री चोरी–लुटपाट भएको छैन।

गोली प्रहार गर्ने व्यक्तिहरू घटनापछि तत्कालै फरार भएका छन्।
उनीहरूको खोजीका लागि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा प्रहरीले ठूलो टोली परिचालन गरिएको छ।

घटनापछि प्रहरीले बजार क्षेत्रलाई सुरक्षाव्यवस्था कडाइ गर्दै घटनास्थल नियन्त्रणमा लिएको छ। CCTV फुटेज संकलन, प्रत्यक्षदर्शी बयान र अन्य प्रमाण सङ्कलन भइरहेका छन्।

प्रहरीले घटना सम्बन्धी अझै विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कारबाही चाँडै अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय