काठमाडौं । धादिङको गल्छीमा भारतीय पर्यटकलाई एक स्थानीयले कुटेको भिडियो भाईरल भएको छ । मादकपदार्थ सेवन गरेका ति स्थानीयले भारतिय तीर्थयात्री माथि कुटपिट गरेका हुन । विवाद बढ्दै जादा ति स्थानीयले पाइपले समेत हानेका थिए । तर जिल्ला प्रहरी कार्यालय धादिङले कुटपिट नभई सामान्य विवाद मात्रै भएको बताएको छ।
भाइरल भिडियोमा एक भारतीय पर्यटक रेस्टुरेन्टमा चिया पिउँदै आफ्नै मोबाइलमा भिडियो बनाइरहेका देखिन्छन्।
त्यही क्रममा क्यामेरामा एक स्थानीय महिला समेत फ्रेममा परेको कारण विवाद चर्किएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
धादिङ प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार घटनामा कुटपिट जस्तो गम्भीर घटना भएको छैन।
उनले भने,
“ती भारतीय नागरिकले भिडियो बनाउँदा स्थानीय एक महिला पनि देखिएकाले उनै महिलाका श्रीमान्ले असन्तुष्ट हुँदै अभद्र व्यवहार गरेको मात्रै हो, कुटपिट भने भएको छैन।”
तीन दिनअघि भएको उक्त घटनापछि स्थानीय पुरुष र भारतीय नागरिक दुवैजनालाई इलाका प्रहरी कार्यालय गजुरीमा बोलाई मिलापत्र गराइएको प्रहरीको जानकारी छ।
एसपी खड्काले थपे,
“मिलापत्रपछि विषय टुंगिएको थियो। तर भारतीय नागरिकले आफैँले खिचेको भिडियो सामाजिक सञ्जालमा राखेपछि अनावश्यक हल्ला मात्र बढेको हो।”
तर सामाजिक संजालमा भने एउटा धादिङेको कारण देशकै बेईजत भएको भन्दै अहिले सामाजिक सञ्जालमा टिका टिप्पणी भईरहेको छ ।






