काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल बाहिर रहेका नेपाली तथा आफ्नो स्थायी ठेगाना भन्दा बाहिर बसोबास गर्ने नागरिकका लागि सुरक्षित र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी रास्वपा प्रतिनिधि टोलीले निर्वाचन वातावरणलाई निष्पक्ष, भयरहित र पारदर्शी बनाउन सरकार अग्रसर हुनुपर्ने माग राखेको हो।
बैठकबाट बाहिरिँदै रास्वपा सचिवालय सदस्य शिशिर खनालले भने,
“हामीले निर्वाचन सञ्चालन गर्ने सरकारी कार्यभारलाई समर्थन गर्छौं। विदेशमा रहेका नेपाली तथा अन्य जिल्लामा बस्ने नागरिकले पनि भयरहित वातावरणमा भोट हाल्न पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट आग्रह हो।”
खनालका अनुसार रास्वपाले यसअघि नै भयरहित, पारदर्शी र निष्पक्ष निर्वाचनका लागि सरकारसँग सहकार्य गर्ने तयारी दोहो¥याएको थियो।






