राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि भएको ‘प्रतिशोध’ सम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा माग गरेको छ।

बालुवाटारमा सोमबार सम्पन्न छलफलमा रास्वपाका नेता सोबिता गौतम र शिशिर खनाल उपस्थित रहे । उनीहरूले सुरुदेखिनै पार्टी निर्वाचनमै केन्द्रित रहेको र भयरहित चुनावी वातावरण बनाउन सरकार अझ सक्रिय हुनुपर्ने बताएका छन्।

नेतृ गौतमका अनुसार सरकारमा रहेका केही मन्त्रीहरूले सरकार बन्नुअघि नै लामिछानेमाथि प्रतिशोध भएको अभिव्यक्ति दिएको स्मरण गराउँदै,
“कति प्रतिशोध भयो भन्ने कुरा सरकार स्पष्ट पार्नुपर्छ” भन्दै जवाफ मागिएको बताइन्।

उनले कानुनी दृष्टिले संवेदनशील विषय भएकाले
“सच्याउन सकिने सीमा र विधि” बारे सरकारले खुलासा गर्नुपर्ने पनि जोड दिइन्।

नेता खनालले पार्टीको प्रमुख ध्यान आगामी निर्वाचनमै रहेको उल्लेख गर्दै,
देश–विदेशमा रहेका नागरिकले मतदान गर्न पाउने व्यवस्था, सुरक्षा, र निष्पक्ष वातावरणबारे पनि ध्यानाकर्षण गराएको बताए।

गौतमले भनिन्,
“समाजमा विधिको शासन फर्किने एक मात्र बाटो–निर्वाचन। त्यसैले निष्पक्ष चुनाव नै हाम्रो पहिलो प्राथमिकता हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय