काठमाडौं ।हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गर्ने भएका छन् ।
रविलाई भेट्न सुदनको टिम बिहीबार दिउँसो नख्खु कारागार, ललितपुर पुगे पुगी सकेको छ । सुदन गुरुङले काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच भएको सहकार्यपछि अब ‘एकता संवाद’ का लागि रवी लामिछानेसँग भेट हुन लागेको जानकारी दिएका छन्।
गुरुङका अनुसार आफूहरूले यतिपूर्वै सार्वजनिक रूपमा गरेको प्रतिबद्धता अनुसार आज रवी लामिछानेसँग भेट गरेर उनको धारणा सुन्ने कार्यक्रम तय भएको हो।
गुरुङले सामाजिक सञ्जालमार्फत लेख्दै बालेन–कुलमान सहकार्यलाई निरन्तरता दिँदै राष्ट्रिय हितका विषयमा सहमतिको दायरा विस्तार गर्न रवी लामिछानेसँग छलफल गर्न लागिएको स्पष्ट पारेका छन्।
‘एकता संवाद’ को उद्देश्य मुलुकका महत्वपूर्ण मुद्दामा प्रमुख सार्वजनिक व्यक्तित्वहरूको सहकार्य, साझा दृष्टि र समाधानको खोजीलाई मजबुत बनाउनु रहेको गुरुङको भनाइ रहेको छ।







