चितवन — सौराहामा घुम्न आएकी एक किशोरीको होटलको छतबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी १८ वर्षीया स्नेहा पाख्रिनको चार तले होटलको माथिल्लो भागबाट खस्दा ज्यान गएको चितवन प्रहरीले पुष्टि गरेको छ।

घटना बुधबार राति ११:१० बजे रत्ननगर नगरपालिका–६स्थित होटल पार्क साइटमा भएको हो। होटलको छतबाट खसेपछि गम्भीर घाइते भएकी पाख्रिनलाई तत्काल उपचारका लागि बकुलहर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए।

घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको र मृत्युको कारणबारे थप सत्यतथा संकलन जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय