मोरङ — विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय खड्का सवार मोटरसाइकल शुक्रबार बिहान दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल कञ्चनबारीतर्फ जाँदै गर्दा बरगाछी चोक नजिक अचानक अनियन्त्रित बनेर दुर्घटना भएको थियो। दुर्घटनापछि सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते खड्कालाई तत्काल उद्धार गरी विराट नर्सिङ होम पुर्‍याएको थियो।

उपचारका क्रममा खड्काको मृत्यु भएको प्रहरी उपरीक्षकले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय