मध्य प्रदेशको रिवा जिल्लामा आफ्नो मोबाइल गेमिङ लत रोक्न आग्रह गरेको कारण एक पुरुषले पत्नीको हत्या गरेको घटनासँग सम्बन्धित विवरण सार्वजनिक भएको छ। मृतक २२ वर्षीया नेहा पटेलको हत्या उनका श्रीमान् रणजीत पाटेलले गरेको आरोप छ।

भारतीय अनलाइन पत्रिका ललनटप का अनुसार घटना रिवा जिल्लाको गुड थाना अन्तर्गत गुडवा गाउँमा भएको हो। २०२५ मे ५ मा विवाह भएका रणजीत र नेहाबीच दाइजोको विवाद र रणजीतको अत्यधिक गेमिङ लतका कारण निरन्तर झगडा हुने गरेको परिवारले बताएको छ।

रणजीतले कुनै कामधन्दा नगरी दिनभर मोबाइलमा पब्जी खेल्ने गरेकाले नेहा निरन्तर चिन्तित भन्दै परिवारमा आफ्नै आम्दानी खोज्न बारम्बार आग्रह गर्थिन्। यही विषयमा बारम्बार झगडा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

घटना भएको राति पनि रणजीत अबेरसम्म मोबाइलमा खेलिरहेका बेला नेहाले गेम छोडेर काम खोज्न सुचित गरेपछि उनी आक्रोशित बने। त्यसपछि रणजीतले गम्छा प्रयोग गरी पत्नीको घाँटी निमोठेर हत्या गरेको उजुरी आएको प्रहरीले जनाएको छ।

हत्या पछि भागेको आरोप

हत्या भएको समयमा रणजीतका परिवारका सदस्यहरू अर्को कोठामा थिए। घटनापछि उनले ढोका बाहिरबाट लगाएर कसैलाई खबर नगरी घरबाट फरार भएको बताइएको छ। पछि उनले नेहाकी दिदीको श्रीमान्लाई मेसेज पठाएर नेहाको हत्या गरेको स्वीकार गरेका थिए।

प्रहरीले मृतक नेहाका माइती पक्षको बयान लिएको छ। रणजीत हाल फरार छन् र उनको व्यापक खोजी जारी छ। घटनालाई दाइजोको दाबी, घरेलु हिंसा र गेमिङ लतका कारण चर्किएको विवादका कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय