गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य बैंकिङ कसूरमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रभु बैंक लिमिटेडलाई हानी–नोक्सानी पुगेको तथा सो अपराधलाई लुकाउने उद्देश्यले विभिन्न कम्पनीको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गराई दुरुपयोग गरिएको अभियोग शाक्यमाथि छ।

प्रहरीका अनुसार उनलाई आज ललितपुरको जावलाखेलस्थित मनिमण्डल क्षेत्रमा पक्राउ गरिएको हो।

यसअघि यही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। मुद्दासम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय