latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

सुर्खेत : सवारी दुर्घटनामा परी गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको छ।

सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको हो। सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।


गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाका अनुसार दुर्घटनामा गम्भीर घाइते कार्कीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा राति दुई बजे निधन भएको हाे।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए। उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय