काठमाडौँ — गायक हिमाल सागर र मोडल मिस पवि हाल सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेका छन्।
उनीहरू एकसाथ देखिएका एनपीएल (नेपाल प्रिमियर लिग) का तस्बिर र भिडियोहरू टिकटक, फेसबुक र इन्स्टाग्राममा व्यापक रूपमा भाइरल भएपछि दुवैको नाम एकसाथ चर्चामा आएको हो।

कीर्तिपुर क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्सको खेल हेर्न पुगेका बेला उनीहरू एकै फ्रेममा परेको तस्बिर सार्वजनिक भयो। त्यसपछि धेरैले सामाजिक सञ्जालमा उनीहरूलाई ‘जोडी’का रूपमा व्याख्या गर्न थालेका छन्।



तर अहिले मिस पवि चीनमा एक कार्यक्रमका लागि व्यस्त छिन् भने हिमाल सागर म्यूजिक भिडियो छायांकनमा जुटिरहेका छन्। भाइरल चर्चापछि दुवैलाई निरन्तर टिप्पणीहरू आइरहेका छन्।

भाइरल भएको विषयमा स्पष्टिकरण दिँदै गायक हिमाल सागरले यो भेट सञ्जोगमै भएको बताए।
उनका अनुसार, आफू एक्लै खेल हेर्न पुगेका थिए भने मिस पवि ‘कमेडी दरबार’ टिमसँगै स्टेडियम पुगेकी थिइन्।

हिमालले भने,
“सिद्धार्थ बैंकले डिनर कार्यक्रम राखेको रहेछ। त्यही समयमा भेट भयो। कसैले भिडियो खिचेर पोस्ट गरेपछि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड जस्तो प्रचार हुँदैछ।”

हिमाल सागरका अनुसार उनी र मिस पवि मिल्ने साथी हुन् र केही म्यूजिक भिडियोमा उनीहरूले पहिले पनि सहकार्य गरिसकेका छन्।
सामाजिक सञ्जालमा भइरहेको ‘जोडी’को हल्ला आधारहीन भएको उनले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय