औपचारिक रूपमा सार्वजनिक हुँदैछ। पार्टीले कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजेबाट ४ बजेसम्म घोषणा सभा आयोजना गरेको छ।
कार्यक्रममा ऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहनेछन्। सभामा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय, र विस्तृत घोषणापत्र–२०८२ औपचारिक रुपमा सार्वजनिक गरिने जनाइएको छ।
पार्टीका अनुसार घोषणा सभामा संगठनको सैद्धान्तिक मार्गदर्शन, प्राथमिकता, तथा कार्ययोजना विस्तृतरूपमा प्रस्तुत गरिनेछ।
यसअघि मंसिर १२ मा जारी गरिएको विज्ञप्तिमा पार्टीले स्वयंलाई दलहरूको भीडमा थप एक नाम मात्रै नभई ‘उज्यालो सपना साकार पार्न सक्षम नेतृत्व’ भएको संगठनका रूपमा चित्रित गरेको थियो। उज्यालो नेपालले आफूमा अनुभव, कार्यकुशलता र जनविश्वास बोकेको नेतृत्व रहेको दाबी गर्दै आएको छ।
पार्टीले जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै परिणाममुखी संवादमार्फत समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन पनि आह्वान गरेको छ।






