latest
प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||    माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||   
शनिबार , असार २८, २०८२

काठमाडौंबाट उडेको श्री एयरलाइन्सकाे विमान उडानका क्रममा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे भन्दै धनगढी विमानस्थलबाट एक युवकलाई पक्राउ गरिएको छ। मंगलबार बेलुका उनलाई नियन्त्रणमा लिइएको हो।

विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेकाे श्री एयरलाइन्स काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर हाेस्टेजमाथि दुर्व्यवहार भएको हो। एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गाेदावरी नगरपालिका- १ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ।


स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए। त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट गर्दै क्याप्टेनले प्रहरीलाई धनगढी अवतरण भएलगत्तै रिपोर्ट गरेपछि शिवराजलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए। उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ।

काठमाडौंबाट ढिलो गरि उडेकाे श्रीएयरकाे विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेकाे थियोे।

अहिले एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेकाे आरोपमा शिवराजलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय