latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
मंगलबार , भाद्र ३१, २०८२

प्रविधिको सहजता र सहज पुहँचले मानिसहरुलाई जति सुविधा प्रदान गरेको छ, त्यत्तिनै जोखिम पनि निम्तएको छ । प्रविधिको निरन्तरको विकाससँगै यसको दुरुपयोग पनि बढिरहेको छ । प्रविधिको आडमा ठग्ने र ठगिने प्रवृत्ति ह्वात्तै बढेको छ ।

अब हुँदा–हुँदा त मानिसहरुले भगवानलाई समेत ठगिको माध्यम बनाउन थालेका छन् । यस्तै एउटा चकित पार्ने खबर चीनबाट आएको छ । जहाँ एक जना कानून विषयमा ग्राजुएटले बौद्ध मन्दिरहरुबाट दान रकम चोरी गर्ने नयाँ र अनौठो तरिका अपनाएका छन् । उनी अहिले भने प्रहरीको हिरासतमा छन् ।

रिपोर्टका अनुसार आरोपीले मन्दिरमा लगाइएको क्यूआर कोडलाई आफ्नो व्यक्तिगत क्यूआर कोडमा परिवर्तन गरेका थिए । प्रत्येकपटक जब भक्तहरुले दान गर्थे, उक्त रकम सिधै उनको बैंक खातामा ट्रान्सफर हुन्थ्यो । अनौठो त के भने यी व्यक्तिले चीनको सबैभन्दा प्रतिष्ठत विश्वविद्यालयबाट कानूनमा स्नाकोत्तर डिग्री हासिल गरेका छन् ।

चाइना साउथ मर्निङ पोष्टको रिपोर्टका अनुसार यो सम्पूर्ण घटनाको भिडियो फु्टेज सार्वजनिक भईसकेको छ । प्रहरीद्वारा जारी गरिएको भिडियोमा भक्तहरु मुर्तिको अघि झुकेर प्राथना गर्दा ती व्यक्तिले दान पेटीको क्यूआर कोड परिवर्तन गरेर आफ्नो क्यूआर कोड राख्ने गर्दथे ।

रिपोर्टका अनुसार ती व्यक्तिको पहिचान गोप्य राखिएको छ । प्रहरीको फन्दामा परेपछि उनले आफ्नो अपराध स्वीकार गरेका छन् ।

उनले अन्य प्रान्तहरुमा समेत यस्तै प्रकारको अपराध गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय