काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको आजै अन्त्येष्टि गरिने भएको छ। अस्पतालबाट शव बाहिर निकालिएको छ र अपराह्न ३:१५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार तय गरिएको बालेनको सचिवालयले जनाएको छ।

रामनारायण शाहको आज मध्याह्न १२:२० बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनी लामो समयदेखि मधुमेहका बिरामी थिए।

पछिल्ला दिनमा पिसाब संक्रमण गम्भीर हुँदै गएपछि स्वास्थ्य अवस्था झनै कमजोर भएको चिकित्सकले जनाएका छन्।

प्रधानमन्त्रीको अस्पताल भ्रमण

निधनअघि नै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन् र उपचाररत रामनारायण शाहको अवस्था बुझेर फर्किएकी थिइन्।

बालेन शाहलाई पितृवियोग परेको खबर सार्वजनिक भएपछि

मन्त्रालयका मन्त्रीहरू,

विभिन्न राजनीतिक दलका नेताहरू,

महानगरका पदाधिकारी,

तथा बालेनका समर्थक
सिभिल अस्पताल पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय