काठमाडौंको तीनचुलीबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका- १ घर भई हाल काठमाडौं महानगरपालिका- ६ आरुबारी बस्ने १९ वर्षीय दावा शेर्पा छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट १८ लाख १६ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






