बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ।

बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ।

सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकीसहित १७ जनाविरुद्ध फैसला सुनाएको हो।

पूर्वाचल नयाँ शहर परियोजनाका लागि सरकारी जग्गा लिएको आरोपमा भ्रष्टाचार निवारण आयोगले यो मुद्दा दर्ता गरेको हो।

यसबाहेक यस मुद्दामा पूर्व आवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री शरीफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ जना अधिकारीलाई पनि अभियुक्त बनाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय