latest
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री  ||    रामहरिलाई प्रधानमन्त्रीको जवाफ- सबै जिल्ला सदरमुकाममा पक्की बाटो पुर्‍याउँछु  ||    कांग्रेस-एमाले गठबन्धनको औचित्य सकियो, समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव  ||    वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सेवामा जोड  ||    रास्वपाबारे प्रचण्डले भने– अहिले कुनै टिप्पणी गर्दिन, पछि सबै थाहा पाउँछ  ||    आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री  ||    प्रचण्डले भने– रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छु  ||    Breaking: कोरोना संक्रमणबाट १ जनाको मृत्यु  ||   
मंगलबार , असार १०, २०८२

क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ।

दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ।

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ।

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या बेहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या झेल्नुपरेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ।

अध्ययनका लागि क्यानडा जानु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली संघलगायत नेपाली डायस्पोराका संघसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय