latest
….त्यसपछि तराईतिर तीन-चार दिन बसेँ: दीपक खड्का  ||    डेंगु उपचारका लागि भारत गएको थिएँ : पूर्वमन्त्री दीपक खड्का  ||    अमेरिकाबाट पनि भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक  ||    एमालेबाट निर्वाचित वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ  ||    समुद्रमा खस्यो विमान, दुई जनाको मृत्यु  ||    निकोले चाउसेस्कु र केपी ओलीको अनुहार मात्र हैन, राजनीतिक अवसान पनि उस्तै  ||    ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ’: सागर ढकाल  ||    राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, अध्यक्ष नाम नै नसुनेका व्यक्ति  ||   
सोमबार , कार्तिक ३, २०८२

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दर्दनाक सवारी दुर्घटनामा परेर ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गयो । चिसंखुगढी गाउँपालिकास्थित खहरेतलुवाका कोइराला बा३९प ८९४४ नम्बरको स्कुटरमा गठ्ठाघरतर्फ जाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा कोइरालाको दुर्घटनास्थलमै ज्यान गएको हो । ट्रकको अगाडिको टायरले ठक्कर दिएका कोइराला ट्रकभित्र छिरेका थिए ।

ट्रकले केहीबेर घिसार्दा पछाडिको टायरसम्मै पुगेका थिए । उनको एउटा खुट्टाबाहेक अन्य पूरै भाग किचिएको थियो । ट्राफिक प्रहरीको चेकिङका क्रममा कोइराला दुर्घटनामा परेको भन्दै स्थानीयले सडक नै अवरुद्ध गरेका थिए ।

स्थानीयले बिहीबारको दुर्घटनासँग ट्राफिक प्रहरीको चेकिङलाई जोडेर प्रर्दशन नै गरे । अधिकांशलाई लागेको थियो–ट्राफिककै कारण दुर्घटना भयो । तर, दुर्घटनास्थलको सीसीटीभी फुटेजले ट्राफिकमाथि लागेको आरोपको भने केही हदसम्म सफाइ दिएको छ । ट्राफिक प्रहरीले चेकिङ त्यही ठाउँमा राखे पनि स्कुटरलाई भने रोेकेको देखिँदैन ।

यद्यपि, उक्त ठाउँमा राखेको चेकिङमाथि प्रश्न उठेको छ । तीव्र गतिमा चलाइने मूल सडकै ट्राफिक जाँचका नाममा चालकमाथि असुरक्षित गराएको आरोप प्रहरीमाथि लागेको छ ।

भक्तपुरको सडकदेखि ग्वार्को–कलंकीको सडकमा समेत ट्राफिकले कुनै जानकारीबिना जाँच गर्ने गरेका छन् । कतिपय ठाउँमा भने स्पिड गनले जथाभावी ‘स्पिड चेकिङ’ गर्ने गरेका छन् ।

६० किलो मिटर प्रतिघण्टामाथि चलाइएको सवारीसाधनलाई ‘स्पिड गन’मार्फत जाँच गराएर त्यही अवस्थामा रोक्न खोज्दा दुर्घटनाको जोखिम बढेको हो ।

चालकलाई ट्राफिक नियम पालना गराउनुभन्दा पनि जसरी पनि कारबाही गराएर राजस्व संकलन गर्ने उदेश्यले चेकिङ गर्ने गरेको ट्राफिकमाथि आरोप छ ।

यद्यपि, ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी जीवन श्रेष्ठले भने राजस्वका लागि कुनै पनि चेकिङ नराखिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय