अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठले त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्ने क्रममा खिचिएको एउटा फोटो भाइरल भएपछि सार्वजनिक माफी मागेकी छन्। उक्त तस्वीरमा उनले खुट्टा कुर्सीमा टेकेको देखिँदा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आयो र उनी चर्को आलोचनाको केन्द्र बनिन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई “सेलिब्रेटी भएर पनि संस्कार नमानेको”, “सार्वजनिक स्थानको सम्मान गर्न नजानेको” भन्दै आलोचना गरेका थिए।

करिश्माले बिहीबार इन्स्टाग्राममा नयाँ रिल्स पोस्ट गर्दै आफूले गल्ती बुझेको बताइन्। रिल्समा उनी कुर्सीलाई निहुरिएर ढोगिरहेको, कान समातेर उठबस गरिरहेको,वरपर देखिएका फोहोर टिपिरहेको
देखिन्छ।

करिश्माले लेखेकी छन् :“हो, मैले व्यक्तिगत रुपमा कुर्सीसँग माफी मागेँ। कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन। त्यो एक छिटो पोज थियो, केही सेकेन्डका लागि खुट्टा कुर्सीमा परेको मात्र हो। आपत्तिजनक देखिने थाहा नभएकोमा क्षमा चाहन्छु।”

एनपीएल सुरु भएदेखि करिश्मा त्रिवि क्रिकेट मैदानमा लगातार देखिएकी छन्।
फिल्म उनी एक साथी, लभ सब, बाबु कान्छा, मायावी, ११:५५ मा अभिनय गरेकी उनी पछिल्लो समय मोडलिङ र कन्टेन्ट क्रिएसनमा पनि सक्रिय छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय