नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सासहितको नयाँ एक सय रुपैयाँको नोट प्रचलनमा ल्याएपछि भारतीय मिडियाले यसबारे तीव्र प्रतिक्रिया जनाउँदै विवादित रिपोर्टहरू प्रकाशित गरेका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको अद्यावधिक नक्सा राखिएको छ। यही नक्सालाई लिएर भारतीय मिडियाले एकपछि अर्को report प्रसारण गरेका छन्।
भारतीय मिडियाका अनुसार, नेपालको नोटमा भारत दाबी गर्ने तीन क्षेत्र समावेश भएको भन्दै एकपछि अर्को समाचार सार्वजनिक भएका छन्।
आजतक : भारतको विरोध हुँदाहुँदै नेपालले विवादित नक्सा छापेको दाबी।
हिन्दुस्तान टाइम्स : नयाँ नोटमा नेपालले भारतीय भूमि देखाइरहेको आरोप।
नवभारत टाइम्स : नेपालले भारतका तीन क्षेत्र आफ्नो बताएको उल्लेख।
दैनिक भास्कर : “नोटमा छापियो भन्दैमा वास्तविकता बदलिँदैन” भन्दै भारत सरकारलाई उद्धृत।
ABP News, NDTV, Zee News, पंजाब केसरी : नेपालले भारतलाई ‘उक्साउने’ कदम चालेको आरोप।
राष्ट्र बैंकले दिएको विवरणअनुसार नयाँ १०० रुपैयाँ नोटमा निम्न तत्वहरू छन् :
अग्रभाग बायाँतर्फ सगरमाथाको चित्र
दायाँतर्फ लालीगुराँसको छाप
मध्यभागमा अद्यावधिक (चुच्चे) नक्सा
अशोक स्तम्भ र ‘Lumbini – The Birthplace of Lord Buddha’ लेखाइ
दृष्टिविहीन व्यक्तिले छामेर पहिचान गर्न सक्ने कालो थोप्ला
सिल्भर मेटालिकमा मायादेवीको चित्र
नेपाल राष्ट्र बैंकले नयाँ नोट नियमित प्रक्रियाअनुसार बजारमा ल्याइएको बताएको छ। तर भारतीय मिडियाका रिपोर्टहरूले दुई देशबीचको नक्सा विवाद पुनः चर्चामा ल्याइदिएको छ।






