काठमाडौं – चर्चित लोकगायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्दै इन्गेजमेन्ट गरेकी छन्।

सुनिताले सामाजिक सञ्जालमा आफ्नो खुसी व्यक्त गर्दै लेखेकी छन्, “जीवनको नयाँ अध्याय—एकअर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा। हामीले शुरू गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस्। हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्।”

राजेश केसी रुकुम पश्चिम स्थायी घर भएका हुन् र हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्। उनी निर्माण व्यवसायी हुन् र इन्जिनियरिङ अध्ययन गरेका हुन्।

गायिका सुनिता दुलाल लेख्छिन – जीवनको नयाँ अध्याय—एकअर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा।हामीले शुरू गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस्। हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्। सुन्दर पलहरू 💍❤️

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय