काठमाडौं – बारा, कलैयाका २० वर्षीय मोहम्मद सेफलाई १९ करोड ८१ लाख ४९ हजार पाँच सय ८१ रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका–११, भद्रकालीबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार, सेफविरुद्ध अभौतिक मुद्रा प्रयोग सम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको छ।

प्रहरीले सेफको नियन्त्रणमा लिँदा दुई थान मोबाइल र १९ करोडभन्दा बढीको क्रिप्टो कारोबार प्रमाणित भएको बताएका छन्। काठमाडौं प्रहरी परिसरका अनुसार, भद्रकालीस्थित केही व्यक्तिले क्रिप्टो कारोबार भइरहेको सूचना दिएपछि उनी पक्राउ परेका हुन्।

सेफ हाल काठमाडौं महानगरपालिका–१५ बस्दै आएका थिए र नियमित रूपमा क्रिप्टो कारोबार गर्दै आएका थिए।

उनीमाथि अनुसन्धान जारी रहेको छ र काठमाडौं जिल्ला अदालतबाट ५ दिनको थप म्याद लिएर प्रकरण छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय