latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रूपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रूपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन निर्देशन दिएका छन् । हिजो राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरू केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्याङ्ग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाडौँबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय