नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाविरुद्ध विभागीय कारबाही प्रक्रिया सुरु गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा सरुवासम्बन्धी अभिव्यक्ति लेखेको विषयलाई आधार मानेर कारबाही थालिएको हो।
प्रहरी मुख्यालयका एक वरिष्ठ स्रोतका अनुसार,“मिडिया नीति तथा आचारसंहिता विपरीत गतिविधि गरेकाले डीआईजी सापकोटामाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको” छ।
केही दिनअघि तीन डीआईजीको सरुवा भएपछि कार्य विभागमा कार्यरत डीआईजी सापकोटाले फेसबुकमा ‘हम कभी नहीं सुध्रेङ्गे, नेपाल पुलिस डीआईजी पोस्टिङ’ भनेर लेखेका थिए।
उनीले सरुवाप्रति असन्तुष्टि प्रकट गरेको यो टिप्पणीले संस्थाभित्र चर्चा र विवाद दुवै ल्यायो।
नीति–नियम विपरीत गतिविधिको आरोप प्रहरीका अनुसार सापकोटाको उक्त स्टाटस प्रहरी नियमावली, २०७१, मिडिया नीति, २०६०, प्रहरी आचारसंहिता, २०७७ विपरीत रहेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।
अगुवा अधिकारीको सार्वजनिक असन्तुष्टिमा प्रश्न प्रहरी संगठनका उच्च अधिकारीहरूले सामाजिक सञ्जालमा सार्वजनिक असन्तुष्टि जनाउनु “संस्थागत अनुशासन र संवेदनशील पदको जिम्मेवारी” विपरीत हुने नीतिगत व्याख्या गर्दै मामिलालाई गम्भीर रूपमा लिएको मुख्यालय स्रोतको भनाइ छ।






