प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लङ्घन गर्दै आएको आरोपमा ४८ वटा सामाजिक सञ्जाल पेज/च्यानलमाथि कारबाही गरेको छ। काउन्सिलले विज्ञप्ति जारी गर्दै ‘मिडियाको नाम र स्वरूपमा अनलाइनमार्फत गलत, भ्रमपूर्ण र हिंसा उक्साउने’ सामग्री सम्प्रेषण गर्नेहरूलाई कारबाही गरिएको जनाएको हो।
काउन्सिलका अनुसार, ती पेजहरूले फेक/भ्रामक सामग्री, गालीगलौज, अफवाह, हिंसा र उत्तेजना फैलाउने कार्य गरिरहेका थिए, जसले सर्वसाधारणमा भ्रम र सामाजिक तनाव बढाएको थियो।
मिडियासँग आबद्ध तर आचारसंहिताबाहिर सञ्चालित २५ सामाजिक सञ्जाललाई काउन्सिलले प्रतिकूल सामग्री अर्काइभ/हटाउन, भविष्यमा यस्ता सामग्री प्रकाशन नगर्न सीधा निर्देशन दिएको छ।
त्यस्तै मिडियामा नआबद्ध १३ अनलाइन पेज/च्यानललाई काउन्सिलले अवैध रूपमा मिडियाको स्वरूप अपनाएको भन्दै अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको छ।
काउन्सिलले जनाएको छ,“मिडिया जस्तो देखिने तर दर्ता, कानुनी संरचना वा सम्पादकीय जिम्मेवारीविना सञ्चालन हुँदै आएका सामाजिक सञ्जाल पेजहरूले समाजमा अशान्ति र भ्रम बढाइरहेका छन्। त्यसैले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइएको हो।”
कारबाही परेका प्रमुख पेजहरू
काउन्सिलले ‘अवैध/अनियमित’ सूचीमा राखेका पेजहरू मध्ये केही:
About Nepal
Aone Media
Indreni Times
Madhes Khabar
Metro Nepal TV
Public Aawaj Nepal
Sansarnews
Smart Media
Standard Khabar
Online Dabali
8848 News Nepal
DNA Khabar
Everest Nepal
Hamro Sandesh
Hello TV Nepal
Kada News Nepal
लगायत ४८ वटा मिडिया/पेज
यी सबैले कानुन विपरीत समाचार उत्पादन वा वितरण,सूचना प्रमाणीकरण बिना सामग्री प्रकाशन,जनभावनामा असर गर्ने सामग्री शेयर, राजनीतिक/समाजिक तनाव भड्काउने सामग्री प्रकाशन जस्ता गतिविधि गरेको काउन्सिलको आरोप छ।
दोस्रो सूचीमा १२ वटा मिडियालाई ‘नवीकरण/दर्ता नभएको’ भन्दै सचेत
काउन्सिलले अर्को सूचीमा १२ मिडियालाई सूचीकृत नभएकाले सुधार गर्न १५ दिनको अल्टिमेटम दिएको छ।
तोकिएको मापदण्ड पूरा नगरेका १४ पेज ‘कृत्रिम नाम/गैर-जिम्मेवार सामग्री’का कारण निगरानीमा
यस समूहमा:
Mero Nepal
Chapi Online TV
JPT News
K6 Nepal
Muglani Khabar
Mulbasi News
NSP Khabar
NTV Nepal (फेसबुक/युट्युब पेज) लगायत १४ पेज छन्।
काउन्सिलका अनुसार यिनीहरूले गलत नाम, फर्जी पहिचान, अनधिकृत लोगो, भ्रम फैलाउने सामग्री प्रकाशन गरेको पाइएको छ।






