जब पुरानो संगीत भिडियोको एउटा साधारण स्क्रिनसट सामाजिक सञ्जालमा फैलिन थाल्यो, त्यसैले अभिनेत्री तथा मोडल गरिमा शर्मालाई अनायासै ‘इन्गेजमेन्ट’ को चर्चाको केन्द्रमा पुर्‍याइदियो। गरिमा अहिले अमेरिकामा एक फिल्मी कार्यक्रममा व्यस्त छिन्, तर नेपालमा भने उनको बिग्रिएको खबर झन् ठूलो हल्ला बनेर फैलिएको छ।

गत केही दिनयता फेसबुकदेखि टिकटकसम्म गरिमाले इन्गेजमेन्ट गर्दै गरेको जस्तो देखिने फोटो–भिडियोहरू तीव्र गतिमा सेयर भइरहेका छन्। धेरैले उनलाई बधाई दिन समेत थालेका थिए।

तर वास्तविकता भने बिल्कुलै उल्टो थियो।

गरिमाको स्पष्टीकरण : “म अमेरिकामा छु, इन्गेजमेन्ट नेपालमै भइसकेछ रे!”

भाइरल हल्लाले थकित हुँदै उनले आफ्नो सामाजिक सञ्जालमार्फत लेखिन्—

“आफू यता अमेरिकामा छु। नेपालमा मेरो इन्गेजमेन्ट भैसकेछ।
बिहे चाहिँ म नेपाल फर्केपछि गरौँला है!
अब के भन्नु? गलत समाचारको कारण सँधैजसो निराश छु।”

यो स्टाटसले नै पुष्टि गरिदियो–भाइरल भएको सबै दृश्य फिल्मी थियो, वास्तविक जीवनसँग कुनै सम्बन्ध थिएन।

छानबिन गर्दा थाहा भयो–भाइरल भएको फोटो/भिडियो गरिमा अभिनित एउटा पुरानो म्युजिक भिडियोको स्क्रिनसट मात्र थियो।त्यही स्क्रिनसटलाई केही सामाजिक सञ्जाल पेजहरूले ‘इन्गेजमेन्ट फोटो’ भन्दै भ्रामक रूपमा प्रचार गरेपछि हल्ला झन् फैलिएको हो।

गरिमा भने नसक्नु हैरान छिन्—आफू विदेशमै हुँदा नेपालमा “इन्गेजमेन्ट गरीसकेकी” भनेर समाचार फैलिएको देखेर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय