काठमाडौं – टोखा नगरपालिका–९ नयाँ बसपार्कछेउ तन्ना र प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा फेला परेको शव रूकुमकी २० वर्षीया माया भनिने आयुषा मगरको भएको खुलेको छ। प्रहरीले विस्तृत अनुसन्धानपछि यो घटना साधारण ५ सय रुपैयाँको विवादबाट सुरु भएको र कात्तिक २६ गते मध्यराति नै हत्या भएको पुष्टि गरेको छ।

सुरुमा प्रहरीले शवको स्वरूप हेरेर तेस्रोलिंगीको हत्या भएको अनुमान गरेको थियो। तर डीएनए, वस्त्र तथा होटलका वस्तुहरूको ट्याग मिलानपछि मृतक महिला नै भएको पुष्टि भयो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार २४ वर्षीय सूर्य थापा मगर बसपार्क नजिकै होटल रोयल कुन्डलामा कुकका रूपमा काम गर्दै आएका थिए।

सूर्यले प्रहरीसमक्ष हत्या स्वीकार गरेका छन्।

कात्तिक २५ गते राति मृतक आयुषा र उनकी साथी डोल्मा बमजन होटलमा गए।

त्यहाँ आयुषाले सूर्यसँग ब्राउन सुगर किन्न ५ सय रुपैयाँ मागेर लगिन्, पछि पदार्थ लिएर फर्किएपछि सूर्यले पैसा फिर्ता मागे।

आयुषाले भने,“तेरो पैसा दिन्नँ।” यसपछि सूर्यले रिस र मदिराको नशामा आएर विवाद चर्काए।

प्रहरीका अनुसार विवाद बढेपछि सूर्यलेजुत्ताको तुनाले आयुषाको घाँटी कसे,

पछि दुई–तीन मुक्का हान्दा त्यही बेला आयुषाको मृत्यु भयो।

हत्या कात्तिक २६ गते राति १ बजेपछि भएको देखिन्छ।

सूर्यले हत्या ढाकछोप गर्न पहिलो तह — ठूलो कालो प्लास्टिक, दोस्रो — होटलको तन्ना, तेस्रो — फेरि प्लास्टिकले बेर्‍यो।

तन्नामा देखिएको १४५५ नम्बरको ट्याग नै प्रहरीलाई होटलसम्म पुर्‍याउने मुख्य प्रमाण बन्यो।

सीसीटीभी फुटेजमा पनि राति १:५२ बजे सूर्यले पोको बोकेर होटलबाट बाहिर निस्किएको स्पष्ट देखिन्छ।

होटल रोयल कुन्डलामा प्रयोग भएको तन्ना, तकियाको खोल, पोकोमा प्रयोग भएको प्लास्टिक सबैको नम्बर होटलकै सामानसँग मिलेपछि साहु र म्यानेजरलाई प्रहरीले सोधपुछ गर्‍याे।

तर उनीहरू घटनाबारे बेखबर रहेको बयान दिएका छन्।

मृतक आयुषा विवाहित रहेको पनि खुलेको छ।उनकी आमा कल्पना शेर्पालीले शव हेरेर सनाखत गरेपछि पहिचान पक्का भयो।

हत्या ५ सय रुपैयाँको विवादबाट सुरु भएको हो।

दुवै जना लागुऔषध (ब्राउन सुगर) र मदिरा सेवनको प्रभावमा थिए।

हत्या कात्तिक २६ मै भए पनि गन्ध आउँदासम्म कसैले थाहा पाएन।

शव शनिबार मात्र भेटियो।

हत्यारा सूर्यले आवेगमा आएर अपराध गरेको स्वीकार गरेका छन्।

माया र सूर्यबीच १५ दिनअघि मात्रै चिनजान भएको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय