बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यानल नै विजयी भएको छ। सोमबार बिहान ४ बजे सम्पन्न मतगणनामा ११ सदस्यीय कार्यसमितिका सबै पदमा रास्वपाले जित निकाल्दै समितिमा पहिलोपटक पूर्ण बहुमतको रूपमा प्रवेश गरेको हो।
३० वर्षपछि एमालेको पकड टुट्यो
लगातार तीन दशकदेखि सिमरा खानेपानी समितिमा प्रभाव जमाउँदै आएको एमाले पहिलोपटक एक पनि पद जित्न असफल भएको छ। समितिमा रास्वपासहित कांग्रेस, माओवादी केन्द्रलगायत दलका उम्मेदवारहरू प्रतिस्पर्धामा थिए।
विजयीहरूको सूची (११ सदस्यीय कार्यसमिति)
अध्यक्ष: युवराज न्यौपाने (रास्वपा)
उपाध्यक्ष: हरिप्रसाद सिम्खडा
सचिव: अमृत बस्याल
सहसचिव: कृष्णकुमार रिमाल
कोषाध्यक्ष: रामकुमार अर्याल
महिला सदस्यहरू: दिलुमाया तमाङ, सुष्मा पण्डित
खुला सदस्य: कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल, सूर्यसिंह क्षेत्री
यो समितिमा ५,५०० भन्दा बढी उपभोक्ता रहेको छ।
नतिजापछि एमाले सिमराका एक स्थानीय नेताले पराजयको कारण केन्द्रीय नेतृत्वको व्यवहार रहेको बताए।
उनका अनुसार,
‘केन्द्रको गुण्डागर्दी शैलीले स्थानीय तहमा हामीजस्ता नेताहरूलाई समस्या परेको छ।’
उनले स्थानीय संरचनामा जनताको पहुँच र विश्वास बढाउन केन्द्रले शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।
यहि क्षेत्रको स्थानीय निकायमा रास्वपाको बढ्दो प्रभाव देखिएको छ।
परम्परागत दलप्रति निराशा र असन्तुष्टि बढेको संकेत।
स्थानीय सेवा–सुविधा, खानेपानी व्यवस्थापन जस्ता विशुद्ध उपभोक्ता–मुखी संस्थामा नयाँ शक्ति आकर्षक बन्दै गएको विश्लेषकहरूको प्रारम्भिक धारणा।






