काठमाडौंको बसपार्क क्षेत्रमा तन्नाभित्र पोको पारिएको अवस्थामा फेला परेकी युवतीको हत्या गरेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै घटनाबारे प्रारम्भिक तथ्य सार्वजनिक गरेको हो।

शनिबार बिहान तन्नाभित्र बेरेर फालिएको अवस्थामा भेटिएकी युवतीको शव पहिचान गर्न सुरुवाती चरणमा कठिन भएको थियो। शव सडिसकेको अवस्थामा भेटिएकाले तत्काल परिचय खुल्न सकेको थिएन।

अनुसन्धानपछि ती युवती रूकुमघर भएकी अन्दाजी २० वर्षीया ‘माया’ भन्ने आयुषा मगर रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले युवतीको हत्या आरोपमा २५ वर्षीय सूर्य थापा मगर लाई पक्राउ गरेको छ। उदयपुर घर भएका सूर्य मगर काठमाडौं बसपार्क क्षेत्रकै एक होटलमा कुक (भान्से) का रूपमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार मृत्यु भएको युवती र आरोपी सूर्य थापा मगरबीच सामान्य चिनजान थियो। मृतकलाई उनले ५ सय रुपैयाँ सापटी दिएका थिए । सो सापटी रकम फिर्ता माग्दा नदिएपछि ‘विवाद’ भएको र त्यसपछि उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मृतकको घाँटी थिचेर सुर्यले हत्या गरेका हुन् ।

विवादपछि थापा मगरले आयुषा मगरको हत्या गरी शवलाई तन्नामा बेरेर बसपार्क क्षेत्रमा फालेको आशंका गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनास्थल,प्रयोग भएका सामाग्री,CCTV फुटेजका आधारमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय