काठमाडौं महानगरपालिका–३२, कोटेश्वर चोकमा आइतबार दिउँसो भएको बस दुर्घटनामा एक सहचालकको मृत्यु भएको छ।

बा.३ ख ७३८७ नम्बरको बस गुडिरहेको क्रममा बसबाट खसेका सोही बसका सहचालक ४१ वर्षीय सुरेन्द्र, भक्तपुर नगरपालिका–१०का बासिन्दा, बसले किच्दा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै वीर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटना पश्चात बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय