नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भारत र श्रीलंकामा जारी विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गर्‍यो ।

पाकिस्तानले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि विनिता पुनले सर्वाधिक ४६ रन बनाइन् ।

अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय