काठमाडौंको टोखा–९, नयाँ बसपार्क नजिकै आज लुगा–कपडाले बेरेको अवस्थामा एक शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार शवलाई तत्काल पोस्टमार्टमका लागि पठाइएको छ।

शवको पहिचान अहिलेसम्म खुल्न बाँकी छ र प्रहरीले घटनास्थल मुचुल्का गरी विस्तृत अनुसन्धान थालेको छ।

प्रहरीले नजिकैका CCTV फुटेज, स्थानीय प्रत्यक्षदर्शीका बयान र पछिल्ला हराएका व्यक्तिको विवरणसमेत जाँच गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय