फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र कसरी देखिन्छ ?
अब यसको ढाँचा लगभग पक्का भइसकेको छ।

निर्वाचन आयोगको निर्देशिकाअनुसार,
२०७९ को समानुपातिक मत परिणामले
मतपत्रमा दलहरूको सबैभन्दाअघि कुन चिह्न बस्छ —
त्यही निर्धारण गर्छ।

त्यसै आधारमा सबैभन्दा अगाडि
एमालेको सूर्य – २८ लाख ४५ हजार मत
कांग्रेसको रुख – २७ लाख १५ हजार मत
एकीकृत भएको नेकपाको तारा – १४ लाख ७४ हजार
रास्वपाको घण्टी – ११ लाख ३० हजार
राप्रपाको हलो – ५ लाख ८८ हजार
यी पाँचै दल दुवै मतपत्रमा अग्रपंक्तिमा देखिनेछन्।

माओवादी केन्द्र र समाजवादी पार्टी एकीकरण भएकाले
दुवैको पुरानो मत जोडिएर
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो स्थानमा पुगेको हो।

जहाँसम्म नयाँ दलहरूको कुरा छ—
गत चुनावमा नजाने दलका चिह्न
दल दर्ता भएको क्रमअनुसार
सबैपछि राखिनेछन्।

त्यस्तै,
पहिले एउटै दलभित्र रहेर कानुनी रूपमा फुटेको दल
आफ्नो पुरानो दलको चिह्नको
लगत्तै पछाडि राखिनेछ।
उदाहरण—
अशोक राईको जसपा नेपालको चिह्न
उपेन्द्र यादवको जसपाको चिह्नको ठीक पछाडि।

स्वतन्त्र उम्मेदवार ?
उनीहरूको चिह्न भने
नेपाली वर्णानुक्रम अनुसार राखिनेछ।

२०७९ मा प्राप्त मतका आधारमा
ठूला दलको क्रम यसै गरी तय भएपछि
आगामी फागुन २१ को चुनावका लागि
मतपत्रको रूपरेखा अहिले नै लगभग स्पष्ट भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय