राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश–२०८२ जारी गरेका छन्।

शुक्रबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ (१) बमोजिम, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार यो अध्यादेश जारी गरिएको जानकारी दिएको हो।

यो अध्यादेश अबदेखि लागू मानिनेछ र सरकारले छलफलमा राख्दै आएको विशेष सेवा सम्बन्धी कानुनी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्य रहेको बुझिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय