दुबई एयर शोमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको छ।
यूएईको अल–मकतूम एयरपोर्टमा भइरहेको एयर शोका क्रममा
शुक्रबार स्थानीय समय अनुसार २:१० बजे परीक्षण उडानका बीच विमान खसेको हो।

हजारौँ दर्शक अवलोकन गरिरहेका बेला
एलसीए तेजस ले शानदार मोड लिने दौरान
अचानक नियन्त्रण गुमाएको देखिन्छ।
भिडियोजमा दुर्घटनापछि जमिनमा ठोक्किएर आगलागी भएको देखिन्छ।

दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले
सामाजिक सञ्जाल X मार्फत पुष्टि गरेको छ।

दुबई एयर शो विश्वकै प्रमुख एभिएसन प्रदर्शनीमध्ये एक हो,
जहाँ विभिन्न देशका एयरलाइन्स र रक्षा कम्पनीहरूले
आफ्नो अत्याधुनिक प्रविधि प्रदर्शन गर्छन्।

यस घटनापछि
४.५ जेनेरेशनको हल्का लडाकू विमान तेजसको सुरक्षा क्षमता
माथि गम्भीर प्रश्न उठेको छ।
एचएएलले निर्माण गरेको तेजस
सुपरसोनिक गतिमा उडान भर्न सक्ने क्षमता राख्छ,
तर दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय