नेकपा एमालेले गठन गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’को नेतृत्व
सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई दिएको छ।

शुक्रबार थापाथलीस्थित कार्की बैंक्वेटमा भएको कार्यक्रममा
४३ वर्षीय सिन्धुलीका श्रेष्ठलाई औपचारिक रूपमा संयोजक बनाइएको हो।

श्रेष्ठ यसअघि एमालेको युथ फोर्स, त्यसअघि माओवादीको वाईसीएल मा सक्रिय थिए।
तर उनी स्वयं विवादित पृष्ठभूमि भएका व्यक्ति मानिन्छन्।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम–CRS अनुसार,
उनीविरुद्ध ४ वटा ज्यान मार्ने उद्योग,
२ वटा सार्वजनिक अपराध,
र १ वटा अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता छन्।

२०७५ सालमा रातोपुलबाट
ठेकदारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा
पक्राउ परेका श्रेष्ठ त्यतिबेला
वाईसीएलका सिन्धुली अध्यक्ष थिए।

२०७३ सालमा कुटपिट र लुटपाट,
२०६७ मा कुटपिट,
२०६५ मा हतियार प्रहार गरी हत्या प्रयास,
र २०७० मा अपहरणको मुद्दासम्म श्रेष्ठसँग जोडिएका छन्।

शान्ति प्रक्रियापछि माओवादी हुँदै एमालेमा आएका श्रेष्ठ
पछिल्ला वर्षमा ठेक्कापट्टा र असुलीमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ।

विवादित विगत भएकै व्यक्तिलाई
EML नेतृत्वले राष्ट्रिय स्वयंसेवक दस्ताको कमान्ड दिएपछि
यस विषयले अहिले राजनीतिक तरंग पैदा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय