पार्टी अध्यक्ष केपी शर्मा ओलीका आलोचक द्वारिकलाल चौधरी र मनोरथ तिवारीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

इटहरीका पूर्व–मेयर चौधरीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध निरन्तर टिप्पणी गर्दै आएको भन्दै कारबाही गरिएको हो।
उनी पछिल्लो समय अध्यक्ष ओलीका कडा आलोचकका रूपमा चर्चित थिए।

त्यसैगरी, झापाका सल्लाहकार मनोरथ तिवारीलाई पनि पार्टी हितविपरीत गतिविधि र ‘जेन–जी आन्दोलन’मा सक्रिय सहभागी भएको भन्दै निलम्बन गरिएको छ।

यसै बैठकले झापाका अर्का नेता,बिर्तामोडका पूर्व–मेयर ध्रुवकुमार सिवाकोटीलाई ‘नैतिक पतन’ देखिएको भन्दै पदमुक्त गरेको छ।
सिवाकोटी बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भई जेल सजाय पाएका कारण कारबाहीमा परेका हुन्।

यता, सामाजिक सञ्जालमा पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्राध्यापक डा. बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई स्पष्टीकरण सोधिने निर्णय भएको छ।

निलम्बित नेता चौधरीले भने आफूमाथिको कारबाही राजनीतिक पूर्वाग्रहले गरिएको प्रतिक्रिया दिएका छन्।
उनले—“धृतराष्ट्रले विदुरलाई फिर्ता बोलाएझैँपार्टीले पनि कारबाही फिर्ता गर्छ”—भन्दै आत्मविश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय