‘जेन–जी अभियन्ता’ भनेर चिनिँदै आएका देव थापा आज साँझ जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाको नक्सालस्थित कार्यालयमै पुगेर हुलहुज्जत गरेको खुलाएको छ। ढुङ्गानाका अनुसार थापा मुख नकाबले ढाकेर अचानक कार्यालयमा छिरेका थिए, र उनीसँगै जेन–जी अभियानमा सक्रिय डा. जगत डिसी पनि थिए।

ढुङ्गानाले बताएअनुसार, थापाले कार्यालयभित्रै ठाडो शैलीमा प्रश्न, उतेजित बोली, र धम्कीको भाषा प्रयोग गर्दै माहोल तनावपूर्ण बनाएका थिए।
थापाले—“सुधन गुरुङसँग किन मिलेको?”भन्दै मिराजलाई थर्काएको ढुङ्गानाको भनाइ छ।

ढुङ्गानाले भने,“उनी पहिले सुधन गुरुङको टिमबाट निकालिएका रहेछन्। मलाई बिनाकारण आएर थर्काए। गालीगलौज र दुर्व्यवहार गरे।”

मिराज ढुङ्गानाले देव थापालाई आफूले पहिले कहिल्यै नभेटेको, र ऋषि धमलाको अन्तर्वार्तामा मात्र देखेको बताए।हिजो मात्र धमलाले थापा सहित तीनजनालाई स्टुडियोमा ल्याएर जेन–जी आन्दोलनबारे अन्तर्वार्ता गरेका थिए।

धमलाले अन्तर्वार्ताका क्रममा बारम्बार मास्क खोलेर बोल्न आग्रह गरे पनि थापाले अस्वीकार गरेका थिए।
थापाले भनेका थिए—“सरकारको असंवेदनशीलताविरुद्ध प्रतिकारस्वरूप मुख छोपेर हिँडेको।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय